गृहपृष्ठ बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

विश्वभर महामारीको रुपमा फैलिएको भाइरसका कारण नेपालीहरु पनि जोखिममा पर्दै आएका छन् । विदेशमा रहेका नेपालीहरु भने झनै जोखिममा पर्दै आएका छन् । बहराइनमा थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि १२६ जना पुगेको पुष्टि भएको छ ।

मान्मास्थित नेपाली दूतावासका अनुसार बहराइनमा मंगलबारसम्म १ हजार ५५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ८ जनाको ज्यान गएको छ भने १२ सय ४६ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित समय ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु