गृहपृष्ठ रुपन्देही र बाँकेमा पनि देखिए कोरोनाका विरामी, संक्रमितको संख्या ५९ पुग्यो

रुपन्देही र बाँकेमा पनि देखिए कोरोनाका विरामी, संक्रमितको संख्या ५९ पुग्यो

नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) का विरामीको संख्या ५९ पुगेको छ । शुक्रबार नयाँ दुई जनामा भाइरस संक्रमाण देखिएको पुष्टि भएपछि संक्रमितको संख्या ५९ पुगेको हो ।

नयाँ संक्रमित भएका रुपन्देहीका २५ वर्षका पुरुष र नेपालगञ्ज बाँके निवासी ६० वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार नयाँ संक्रमित देखिएका २ जनाको अवस्था सामान्य छ । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु