गृहपृष्ठ नेपालगञ्जमा थप ६ जनामा देखियो कोरोना, संक्रमितको संख्या ७५ पुग्यो
नेपालगञ्जमा थप ६ जनामा देखियो कोरोना, संक्रमितको संख्या ७५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना देखिएपछि संक्रमितको संख्या ७५ पुगेको हो ।
आइतबार नेपालगञ्जमा मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको हो । तीन दिन अघि नेपालगञ्जको मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । उनी मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे । उनकै सम्पर्कमा रहेका थप १५ जनामा संक्रमण देखा परेको नेपालगञ्ज प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको भेरी अस्पतालले जनाएको छ ।
(भूलसुधार: वल्डोमिटरको विवरणका कारण गलत सूचना प्रवाह हुन गएकोमा क्षमायाचनासहित भूलसुधार गर्दछौं ।
-प्रधानसम्पादक)
प्रकाशित समय २०:२३ बजे

















