गृहपृष्ठ बढी मूल्यमा सिमेन्ट विक्री गरेको अभियोगमा पक्राउ

बढी मूल्यमा सिमेन्ट विक्री गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट विक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका- ४ स्थितचन्दन आयरन स्टोरका सञ्चालक सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बजार भाउ.भन्दा बढी मूल्यमा सिमेन्ट विक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले पसलबाट ५० बोरा र पसलनजिकै रहेको गोदामबाट विभिन्न ब्रान्डका ३ सय ७० बोरा सिमेन्ट फेला पारी उक्त पसल र गोदामसमेत सिलबन्दी गरी सञ्चालक चौधरीलाईपक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु