गृहपृष्ठ लकडाउन कायमै राख्न सिफारिस
लकडाउन कायमै राख्न सिफारिस
समितिको बैठक । (फाइल तस्बिर)
कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले लकडाउन कायमै राख्न सरकारसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न समितीको बैठकले यस्तो निर्णय गरेको हो ।
लकडाउन अब कति दिन लम्ब्याउन्ने भन्नेबारेमा भने मन्त्रिपरिषद्लाई निर्णय गर्ने जिम्मा दिइएको मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिँडारीले बताए । ‘सरकारले अहिले काेराेना संक्रमण राेकथामका लागि जे गरिरहेको छ, त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । थप निर्णय भोलि दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने छ,’ सचिव बिँडारीले भने ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर घोषणा गरेको लकडाउनको अवधि पटक-पटक थप हुँदै आएको छ । पछिल्लो म्याद वैशाख २५ गते सकिँदै छ ।
प्रकाशित समय १९:०४ बजे

















