गृहपृष्ठ आइसोलेसनमा मृत्यु भएकी बृद्धाको स्वाब परीक्षण गरिने

आइसोलेसनमा मृत्यु भएकी बृद्धाको स्वाब परीक्षण गरिने

death-newskarobar सांकेति तस्बिर ।

पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो ।

अस्पतालमा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरी काठमाडौँ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । (रासस)

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु