गृहपृष्ठ जनकपुरमा आइतबारदेखि विद्युत महशुल काउण्टर खुल्ने
जनकपुरमा आइतबारदेखि विद्युत महशुल काउण्टर खुल्ने
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम न्यूनिकरण गर्न सरकारले जारी गरेको लकडाउनको कारण बन्द नेपाल विद्युत प्राधिकरण, जनकपुर वितरण केन्द्रको विद्युत महशुल संकलन काउण्टर खुल्ने भएको छ ।
यही बैशाख २८ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म महशुल काउण्टर खुल्ला रहने जनकपुर वितरण केन्द्रका लेखा प्रमुख राजेश झाले बताए । गएको चैत ११ गतेदेखि जारी लकडाउनका कारण ग्राहकले समयमा महशुल भुक्तानी गर्न सकेका छैनन् । सरकारले घर बाहिर नजानको लागि भनेपछि महशुल बुझाउनको लागि ग्राहक वितरण केन्द्रसम्म पुग्न सकेको थिएन् ।
मिटरको अंक टिपेर सरकारले जारी गरेको कोरोना भाइरससम्बन्धि सचेतनाको पालना गरी कार्यालयमा आउन अनुरोध गरेको छ । आउँदो जेठ १ गतेदेखि मिटर रिडिङ कार्य नियमित रुपमा सञ्चालन हुने लेखा प्रमुख झाले बताए । रिडिङमा खटिने कर्मचारीहरुलाई समाजिक दूरी कायम गरेर सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।
प्रकाशित समय १०:४८ बजे

















