गृहपृष्ठ कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, दुई लाख ७६ हजारको मृत्यु

कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, दुई लाख ७६ हजारको मृत्यु

एकै दिनमा नयाँ संक्रमित ९७ हजार १२८ थपिए, ५,५५० को ज्यान गयो

विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । एकै दिनमा संक्रमितको संख्या ९७ हजार १२८ पुगेपछि संक्रमितको संख्या ४० लाख ९ हजार २९२ पुगेको हो ।

शनिबार बिहानसम्म विश्वभर दुई लाख ७५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टामा मात्रै पाँच हजार ५५० जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या दुई लाख ७५ हजार ९७६ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये अहिलेसम्म १३ लाख ८२ हजार ३७२ जना सञ्चो भएर घर फर्किसकेका छन् । त्यस्तै २३ लाख ५० हजार ९४४ उपचाररत छन् भने ४८ हजार ७०३ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा एकै दिनमा २९ हजार १६२ जनामा नयाँ संक्रमण देखिएको छ भने एक हजार ६८७ जनाको ज्यान गएको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा १३ लाख २१ हजार ७८५ जनामा कोरोना संक्रमण देखिएको छ भने ७८ हजार ६१५ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये दुई लाख २३ हजार ६०३ जनाको सफल उपचार भइसकेको छ भने १० लाख १९ हजार ५६७ जनाको उपचार भइरहेको छ । त्यस्तै १६ हजार ९७८ जनाको अवस्था चिन्ताजनक रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु