गृहपृष्ठ धनुषामा साढे २० केजी गाँजा बरामद
धनुषामा साढे २० केजी गाँजा बरामद
सशस्त्र प्रहरी बल धनुषाद्वारा करिव २१ किलो अबैध गाँजा बरामद गरेको छ । शुक्रवार राति सिमानाकामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेहको हो ।

राति करिव ११:१५ बजे नायव प्रहरी उपरीक्षक निर्मल खड्काको कमाण्डमा खटेको ५ जनाको टोली तथा सहायक प्रहरी निरिक्षक साधुशरण यादव नेतृत्वमा रहेको चारजना सुरक्षाकर्मीहरुको मोटरसाइकल गस्ती टोलीलाई देखेर धनुषाको विदेह नगरपालिका–५ एकराहीबाट सरावेतर्फ गइरहेका तीन जनाले बोकेको तीनवटा पोका फालेर भागेको अवस्थामा ३ वटा पोकामा गाजा भेटिएको सशस्त्रका एसपी राजेश उप्रेतीले बताए ।

मेशिनले पेलेर प्याक गरिएको तनीवटै पोका खोलेर हेर्दा २०.७ किलो गाँजा बरामद गरिएको सूचना बरामद गरिएको एसपी उप्रेतीले बताए । अवैध गाजाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइने तयारी भइरहेको छ ।
प्रकाशित समय १०:४८ बजे

















