गृहपृष्ठ भारतलाई नेपालको ‘कूटनीतिक नोट’

भारतलाई नेपालको ‘कूटनीतिक नोट’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक (डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गरेका छन् । मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् ।

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटनसमेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट दिएको हो ।

प्रकाशित समय ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु