गृहपृष्ठ विश्वभर कोरोना संक्रमित संख्या ४२ लाख ५० हजार नाघ्यो, १५ लाखको सफल उपचार
विश्वभर कोरोना संक्रमित संख्या ४२ लाख ५० हजार नाघ्यो, १५ लाखको सफल उपचार
२ लाख ८७ हजारले गुमाए ज्यान, अमेरिकामै एक तिहाइ संक्रमित
विश्वभर कोरोनाभाइरसबाट लाग्ने कोभिड १९ संक्रमितको संख्या ४२ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमित १५ लाखले सफल उपचार पाएका छन् भने २ लाख ८७ हजारले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा छन् ।
कुल संक्रमितको एक तिहाइ अमेरिकामै छन् । मंगलबार बिहानसम्ममा अमेरिकामा संक्रमित संख्या १३ लाख ८५ हजार नाघेको छ भने मृतक संख्या ८१ हजार ७९५ पुगेको छ ।
२४ घण्टामा विश्वभर ७४ हजार २२८ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ४०३ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै १८ हजार नयाँ संक्रमित थपिएका छन् । त्यस्तै १ हजार ८ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ भने २ हजार २९४ जनाको निधन भएको छ ।
प्रकाशित समय ०७:१५ बजे

















