गृहपृष्ठ भारतमा २४ घण्टामै थपिए ३६ सय संक्रमित, ८२ जनाको मृत्यु

भारतमा २४ घण्टामै थपिए ३६ सय संक्रमित, ८२ जनाको मृत्यु

भारतमा २४ घण्टामै ३ हजार ६०७ कोभिड १९ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोभिड संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।

भारतमा सोमबार मात्र कोरोनाबाट ८२ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २९४ पुगेको छ ।

विश्वभर कोभिड १९ संक्रमितको संख्या ४२ लाख ५० हजार नाघेको छ भने १५ लाखले सफल उपचार पाएका छन् । विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार नाघेको छ ।

कुल संक्रमितको एक तिहाइ अमेरिकामै छन् । मंगलबार बिहानसम्ममा अमेरिकामा संक्रमित संख्या १३ लाख ८५ हजार नाघेको छ भने मृतक संख्या ८१ हजार ७९५ पुगेको छ ।

प्रकाशित समय ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु