गृहपृष्ठ पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी मृत फेला
पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी मृत फेला
सांकेति तस्बिर ।
पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी वसन्तकुमार पन्तले मंगलबार बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा शव फेला परेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी एवं इन्स्पेक्टर गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए । प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन् ।
प्रकाशित समय १२:११ बजे

















