गृहपृष्ठ नेप्सेमा बिक्रेता धेरै, बजार लगातार नकारात्मक
नेप्सेमा बिक्रेता धेरै, बजार लगातार नकारात्मक
लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजारमा बिक्रेता हावी भएका छन् । चैत ९ गते आइतबारको कारोबारसँगै बन्द भएको सेयर बजार मंगलबार खुलेदेखि नै ओरालो लाग्न थालेको हो ।
धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित सञ्चालनमा ल्याइएकोमा १२ बजेर १५ मिनेट जाँदा १.९१ प्रतिशतले घटिसकेको छ । नेपाल धितोपत्र बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलपछि दोस्रो बजार कारोबार बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा सञ्चालनमा ल्याउने निर्णय भएको थियो । नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेका छन् भने ८० कम्पनीको कारोबार हुँदा कुनै पनि कम्पनीको मूल्य बढेको छैन ।
नेप्से चैत ९ गते आइतबार १८.०२ अंकले घटेर १२५१.४५ अंकमा झरेको थियो ।
प्रकाशित समय १२:१८ बजे



















