गृहपृष्ठ कोरोनाबारे स्वास्थ्य मन्त्रालयबाटै गलत सूचना जारी, संक्रमित संख्या २४५ मात्रै
कोरोनाबारे स्वास्थ्य मन्त्रालयबाटै गलत सूचना जारी, संक्रमित संख्या २४५ मात्रै
कोरोनाभाइरस (कोभिड १९) संक्रमितबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै गलत सूचना सार्वजनिक गरेको छ । बिहीबार बिहान थप ५ जनामा कोरोना संक्रमण देखिएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेकोमा केहीबेरपछि सच्याएको छ ।
मन्त्रालयले बिहान ७:१५ बजे विज्ञप्ति जारी गरी काठमाडौं, कपिलवस्तु, सर्लाही, जनकपुर र महोत्तरमा एक‑एक जना संक्रमित फेला परेको जनाएको थियो ।
यसअघि पनि स्वास्थ्य मन्त्रालयको आधिकारिक सूचनाकै आधारमा समाचार सम्प्रेषण गर्दा गलत सूचना बाहिर ल्याएको भन्दै प्रेस काउन्सिलले १६ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण नै सोधेको थियो । प्रेस काउन्सिलका उप‑प्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार गलत सूचना सम्प्रेषण गर्ने १६ सञ्चारमाध्यममध्ये ११ वटालाई स्पष्टीकरण सोधिएको थियो भने पाँचवटालाई सचेत गराइएको थियो ।
स्वास्थ्य मन्त्रालयबाट जारी आधिकारिक विज्ञप्तिका आधारमा समाचार प्रकाशित भइसकेकाले जनमानसमा भ्रम र गलत तथ्य सम्प्रेषण भएकोमा न्युज कारोबार क्षमायाचना गर्दछ ।
प्रकाशित समय ११:०२ बजे


















