गृहपृष्ठ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नर्सको मृत्यु, ३ घाइते
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नर्सको मृत्यु, ३ घाइते
धनुषाको मिथिला नगरपालिका- ४ स्थित पूर्वपश्चिम राजमार्गको पुष्पवलपुरमा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ । प्रहरीका अनुसार मिथिला नगरपालिका- ४ पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत २५ वर्षीया चन्द्ररेखा यादवको मृत्यु भएको हो ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर तिर्थ कार्कीले जानकारी दिए । बिहिबार दिउँसो करिब ४ बजेतर्फ पूर्वबाट पश्चिमतर्फ आइरहेको को. १ ख २६२७ नम्बरको मालबाहक ट्रकले बा. ५२ प ८६४८ नम्बरको मोटरसाइकर्ललाई पुष्पवलपुरचौकमा ठक्कर दिइएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका- १० जमुनियाका २० वर्षीय सिद्धार्थ यादव, मृतक चन्द्ररेखाकी ४ वर्षीय छोरी माही यादव र नाम नखुलेको २ वर्षीय छोरा गम्भिर घाइते भएका छन् । घाइते सबैको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ट्रक चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको इन्स्पेकटर कार्कीले जानकारी दिए ।
प्रकाशित समय १९:५७ बजे

















