गृहपृष्ठ प्रदेश १ मा १२ हजार जनाको कोरोना परीक्षण
प्रदेश १ मा १२ हजार जनाको कोरोना परीक्षण
प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । त्यस्तै आरडीटी विधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ ।
प्रदेश सरकारले कोरोना परीक्षणलाई तीव्रता दिएको छ । प्रदेश १ मा यतिबेला ३ ठाउँबाट पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
यसैगरी, सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ ।
प्रकाशित समय २०:४७ बजे
















