गृहपृष्ठ नेकले बनाएको ‘डेलिभरी रोवोट’ अस्पताललाई हस्तान्तरण

नेकले बनाएको ‘डेलिभरी रोवोट’ अस्पताललाई हस्तान्तरण

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । रोवोट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको हो ।

अस्पतालहरुमा नर्सहरुलाई बिरामीहरुलाई औषधि, पानी, खाना, सामानलगायतका सामानहरु आफै दिन जान नपर्ने गरी मेशिनले दिन जाने स्वचालित रोवोट हस्तान्तरण गरिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिनेछ । हस्तान्तरणसँंगै रोवोटको प्रयोय गर्ने नर्सहरुलाई रोवोट सञ्चालन सम्वन्धि अस्पतालमै अभ्यास गराएको थियो । पाँंच छ जना नर्सहरुले रोवोट सञ्चालन गर्न सिकेका थिए । रोवोट चलाउन जानेपछि रोवोट हस्तान्तरण गरी अस्पतालमा छोडिएको थियो । यही क्रममा रोवोटलाई अस्पतालको आइसोलेशन वार्डवार्डमा लगेर सञ्चालन अभ्याससमेत गरिएको थियो ।

कार्यक्रमपछि कलेज र अस्पतालवीच सम्झौतासमेत गरिएको थियो । सम्झौतामा कलेजकोतर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र अस्पतालकोतर्फबाट अस्पताल प्रशासन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडा सम्पर्क व्यक्ति रहेको र रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो ।

अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो । कलेजका चारजना सहायक प्राध्यापकहरू रुपेशदही श्रेष्ठ, दिनेश डंगोल, सचिन श्रेष्ठ र अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरू उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल भएका हुन् ।

परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु रोवोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ । ट्रली बाहेकको निर्माण सामग्री करिब २५ हजारको सस्तो दररेटमा यसको निर्माण सम्भब भएको जनाइएको छ । रोवोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार बिरामीसम्म आवश्यक औषधि, पानी, खानालगायतका सामान पु¥याउन लगाउने छ ।

कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरूले रोवोट बनाएको प्रा.डा. श्रेष्ठले जनाए । भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरूबाट माग भएमा प्राविधिक सहयोग गर्न कलेज तयार रहेको प्रा.डा. श्रेष्ठले स्पष्ट पारे ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु