गृहपृष्ठ नेपालमा कोरोनाका कारण एक जनाको ज्यान गएको पुष्टि

नेपालमा कोरोनाका कारण एक जनाको ज्यान गएको पुष्टि

नेपालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

शनिवार कोरोना संक्रमित एक जना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिला डेलिभरीका लागि गत बैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी थिइन । २४ गते डेलिभरी भएर २५ गते डिस्चार्ज भएकी थिइन् ।

घर फर्किएपछि स्वास प्रश्वासमा समस्या र ज्वरो आएपछि अस्पताल भर्ना भएकी थिइन् । आज ज्यान गुमाएकी ती महिला नेपालको पहिलो कोरोनाबाट ज्यान गुमाउने महिला हुन् ।

 

प्रकाशित समय २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु