गृहपृष्ठ जनकपुरको धनुषसागरमा एक जनाको शव फेला

जनकपुरको धनुषसागरमा एक जनाको शव फेला

जनकपुरको धनुषसागरमा एक जनाको शव फेला परेको छ । राममन्दिर अगाडि रहेको धनुषसागर सरोवरमा एकजना अज्ञात पूरुषको शव तैरिरहेको अवस्थामा भेटिएको फेला परेको जिल्ला प्रहरी कार्यालयमा धनुषाले जनाएको छ ।

मृतको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारीमा रहेको प्रहरीले जनाएको छ । धनुषसागरमा भेटिएको एक पुरुष करिब ३५ वर्षदेखि माथिको हुनसक्ने प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित समय १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु