गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुग्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुग्यो
सुुर्खेतमा शनिबार नयाँ तीन जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या चार पुगेको छ ।
सुर्खेतको घण्टाघर क्वारेन्टिनमा बस्दै आएका उनीहरुलाई गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा.डम्बर खड्काले जानकारी दिए । उनका अनुसार केहि दिन पहिले उनीहरु भारतबाट नेपाल आएका थिए ।
कर्णाली चारैजना कोरोना संक्रमितको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको उनले बताए ।
प्रकाशित समय १५:४८ बजे

















