गृहपृष्ठ नेकपाको सचिवालय बैठक सुरु, एमसीसी, बजेट र सीमा अतिक्रमणबारे छलफल हुने
नेकपाको सचिवालय बैठक सुरु, एमसीसी, बजेट र सीमा अतिक्रमणबारे छलफल हुने
फाइल तस्बिर ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ । बैठकमा बजेट, एमसीसी र भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयबारे छलफल हुने बताइएको छ ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनेको एमसीसी सुझाव कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ । बजेट अधिवेशनबाटै एमसीसीको टुंगो लगाउने सरकारको तयारी छ । सचिवालय बैठकले नेपाल-भारत सम्बन्धका विषयमा पनि छलफल गर्नेछ ।
त्यस्तै बजेटका विभिन्न पक्षमा छलफल गर्नुपर्ने भएकाले आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको छ ।
यसअघि जेठ २ गते बसेको सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने विषयलाई पनि सोही बैठकले औपचारिकता दिएको थियो ।
प्रकाशित समय १६:१० बजे

















