गृहपृष्ठ ४० जिल्लामा पुग्यो कोरोना, संक्रमितको संख्या ५८४
४० जिल्लामा पुग्यो कोरोना, संक्रमितको संख्या ५८४
पछिल्ला दिनका कोरोना भाइरसबाट संक्रमण हुनेको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दोस्रो पटक मात्रै कूल ३६ जना नयाँ संक्रमित फेला परेका छन् ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना संक्रमित भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा संक्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण भएको पुष्टि भएको हो ।
हालसम्म कूल ४० जिल्लामा कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना संक्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना संक्रमित भएका छन् ।
प्रकाशित समय १७:४९ बजे

















