गृहपृष्ठ क्वारेन्टिनमा बसेका आफन्तलाई मदिरा पुर्‍याउँदा . . .

क्वारेन्टिनमा बसेका आफन्तलाई मदिरा पुर्‍याउँदा . . .

फाइल तस्बिर ।

क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रूपैयाँ  जरिवाना गराएको छ । राप्ती नगरपालिका- ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो ।

प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । (रासस)

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु