गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार, कुन प्रान्तमा कतिको मृत्यु ?
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार, कुन प्रान्तमा कतिको मृत्यु ?
भारतमा कोरोनाभाइरस (कोभिड १९) का संक्रमित १ लाख ३२ हजार पुगेका छन् । आइतबार दिउँसोसम्ममा १ लाख ३१ हजार ९२० संक्रमित फेला परेका हुन् भने ३ हजार ८६९ जनाले ज्यान गुमाएका छन् ।
केही दिनयता भारतमा २४ घण्टामा नयाँ संक्रमित औसत ६ हजारका दरले बढिरहेका छन् । पाँच दिनमै करिब ३० हजार संक्रमित थपिएका छन् । बितेका २४ घण्टामा भारतमा ६ हजार ६ सयभन्दा बढी संक्रमित थपिए भने १४२ जनाले ज्यान गुमाए । विश्वभर सर्वाधिक संक्रमित हुने देशमा भारत ११ नम्बरमा छ ।
विश्वभर कोभिड १९ बाट करिब ५४ लाख १८ हजार मानिस संक्रमित भएका छन् । अमेरिकामा मात्रै कोभिड १९ संक्रमितको संख्या १६ लाख ६६ हजारभन्दा बढी भएको छ । विश्वभर कोभिड १९ बाट ३ लाख ४४ हजार १९६ जनाले ज्यान गुमाएका छन् । बितेका २४ घण्टामा मात्रै ४ हजार १८३ जनाले ज्यान गुमाए ।
भारतमा कुन प्रान्तमा कतिको मृत्यु ?
महराष्ट्र – १,५७७
गुजरात – ८२९
मध्य प्रदेश – २८१
पश्चिम बंगाल – २६९
दिल्ली – २३१
राजस्थान – १६०
उत्तर प्रदेश – १५५
तामिल नाडु – १०३
आन्ध्र प्रदेश – ५६
तेलंगाना – ४९
कर्णाटक – ४२
पन्जाब – ३९
जम्बु/कास्मिर – २१
हरियाणा – १६
बिहार – ११
ओडिसा – ७
केरला – ४
झारखण्ड – ४
आसाम – ४
हिमाचल – ३
चण्डीगढ – ३
उत्तराखण्ड – २
पुडुचेरी – १
मेघालय – १
प्रकाशित समय १४:०९ बजे

















