गृहपृष्ठ सैनिक हवाई महानिर्देशनालयका अवकाशप्राप्त उपरथीसहित नौ जना कारबाहीमा

सैनिक हवाई महानिर्देशनालयका अवकाशप्राप्त उपरथीसहित नौ जना कारबाहीमा

सैनिक हवाई महानिर्देशनालयका अवकाश प्राप्त प्राविधिक उपरथीसहित नौ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् । महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका पूर्वउपरथीसहित नौ जना कारबाहीमा परेका हुन् ।

अनियमिततामाथि अनुसन्धान सुरु भएपछि उपरथी सुधीर श्रेष्ठले मंसिरमा राजीनामा दिएका थिए । उनलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको छ । अन्य जना सैनिक अधिकृतलाई सचेत गराउने फैसला अदालतले सुनाएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार श्रेष्ठले महानिर्देशक रहँदा कानुनतः पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरी ५८ लाख ९५ हजार ५९० रुपैयाँ अनियमितता गरेको पाइएको छ । सो रकम असुल उपर गर्न पनि अदालतले आदेश दिएको छ । अदालतले यो प्रकरणमा अन्य सैनिक अधिकारीलाई भने सफाइ दिएको छ ।

प्रकाशित समय २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु