गृहपृष्ठ रौतहटको गुजरामा क्वारेन्टिनको विषयमा प्रहरी र स्थानीयबीच झडप
रौतहटको गुजरामा क्वारेन्टिनको विषयमा प्रहरी र स्थानीयबीच झडप
भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्बईबाट फर्किएका नेपालीलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजे पनि वडा नम्बर ४ का अध्यक्ष पवन गिरीले आफ्नो वडामा राख्न नदिएपछि विवाद बढेको हो ।
गिरी समर्थकहरुले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए । त्यसपछि प्रहरीले वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय २१:०१ बजे

















