गृहपृष्ठ बाजुरामा कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, मृतककी आमालाई पनि संक्रमण, बुवाको रिपोर्ट नेगेटिभ

बाजुरामा कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, मृतककी आमालाई पनि संक्रमण, बुवाको रिपोर्ट नेगेटिभ

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी एक बालिकाको कोरोनाबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ वर्षीषा बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो ।

आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मृतक बालिकासहित आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो ।

मृतक बालिकालाई पखाला, ज्वरो, श्वासप्रश्वास समस्या भएपछि बाजुरा अस्पतालमा उपचार गरिरहेको बेलामा उनको ज्यान गएको बताइएको छ । ८ दिन अगाडी उनको परिवार भारतबाट आएका थिए । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो । बच्चा बिरामी भएपछि, बिहिबार साँझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु