गृहपृष्ठ विश्वभर ६२ लाख ६३ हजार व्यक्तिमा पुग्यो कोरोना, तीन लाख ७३ हजारभन्दा बढीको मृत्यु
विश्वभर ६२ लाख ६३ हजार व्यक्तिमा पुग्यो कोरोना, तीन लाख ७३ हजारभन्दा बढीको मृत्यु
२८ लाख ४६ हजार संक्रमित डिस्चार्ज, ५३ हजारको अवस्था चिन्ताजनक
विश्वभर ६२ लाख ६३ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामै एक लाख १२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ६२ लाख ६३ हजार ९०१ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर तीन लाख ७३ हजार ८९९ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये २८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । त्यस्तै ३० लाखभन्दा बढीको उपचार भइरहेको छ भने ५३ हजारभन्दा बढीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा १८ लाखभन्दा बढी व्यक्तिमा कोरोना देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म अमेरिकामा एक लाख ६ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । त्यस्तै करिब ६ लाख व्यक्तिको सफल उपचार भएको छ भने ११ लाख ३१ हजारभन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै करिब साढे १६ हजारमा भाइरस संक्रमण देखिएको छ भने पाँच सयभन्दा बढीको ज्यान गएको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म ब्राजिलमा पाँच लाख १४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको छ भने २९ हजारभन्दा बढीको ज्यान गएको छ ।
प्रकाशित समय ०८:५९ बजे

















