गृहपृष्ठ गण्डकी प्रदेशमा कोरोनासँगै डेंगु र स्क्रब टाइफसको प्रकोप बढ्दै

गण्डकी प्रदेशमा कोरोनासँगै डेंगु र स्क्रब टाइफसको प्रकोप बढ्दै

dengu-newskarobar

कोरोना भाइरसका संक्रमित गण्डकी प्रदेशमा दिनहुँ नयाँ थपिदै गएका छन् । कोरोनाको कहर चलिरहेका बेला गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफसको प्रकोप पनि उत्तिकै छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगुका १६ जना र स्क्रब टाइफसका ३ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशको म्याग्दीमा ९ जना, कास्कीमा ५ जना, नवलपुर र बागलुङमा एक एक जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । त्यसैगरी म्याग्दीमा ३ जनामा स्क्रब टाइफस देखिएको छ ।

लामखुट्टेको टोकाईबाट डेंगु संक्रमण हुने भन्दै शर्माले आम गण्डकी बासीलाई फोहोर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव समेत दिएका दिएका छन् । गर्मी याममा लामखुट्टेको सक्रियता निकै हुने हुँदा यस समयमा खाल्डाखुल्डी हरुमा पानी जम्न नदिनु, टायर, गमला, बोटललगायतमा पानी जम्न नदिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले जनाए ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु