गृहपृष्ठ केरलामा भित्रियो मनसुन, नेपालमा समयमै वर्षा हुने

केरलामा भित्रियो मनसुन, नेपालमा समयमै वर्षा हुने

Monsoon_NewsKarobar copy

भारतको केरलामा मनसुन भित्रिएसँगै यस वर्षको वर्षामास आरम्भ भएको छ । सामान्यतयाः केरला तटमा मनसुन भित्रिएपछि नेपालमा जुन १० तारिखमा वर्षामास सुरु हुन्छ ।

‘भारतको केरलाको आकासमा बन्ने साइक्लोनका कारण यस वर्ष मनसुन अलिकता ढिला भित्रन्छ कि भन्ने यसअघि पूर्वामानुमान गरिएकोमा सामान्य अवस्थामै मनसुन भित्रने देखिएको छ,’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले भनिन ।

नेपालमा हाल पूर्वमनुसनी बादलका प्रभावले वर्षात् भइरहेकोमा अब केही दिनमा नियमित वर्षात् हुने मौसमविद पोखरेलले बताइन ।

नेपालको पूर्वी भेगबाट ५ देखि १० जुनभित्र मनसुन भित्रने अपेक्षा गरिएको छ । पोखरेलका अनुसार यो वर्ष औसतमा सामान्य वर्षा हुने अनुमान छ ।

आज (सोमबार) बेलुकादेखि नै देशका पूर्वी, मध्य तथा पश्चिमी भूभागहरूमा मेघगर्जनसहितको वर्षाको स्म्भावना रहेको तथा आउँदा तीन दिनसम्म नै यी स्थानहरूमा वर्षा हुने विभागले जनाएको छ ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु