गृहपृष्ठ कुन-कुन ठाउँका हुन् सुदूरपश्चिमका नयाँ १८ जना संक्रमित ?
कुन-कुन ठाउँका हुन् सुदूरपश्चिमका नयाँ १८ जना संक्रमित ?
सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका १४, कञ्चनपुर, डोटी, अछाम र बैतडीका एक÷एक गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार संक्रमित भएकाहरुमध्ये कैलालीमा तीन जना महिला छन् भने बाँकी सबै पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन् ।
कैलालीका १४ संक्रमितमध्ये १२ जना एकै स्थानीय तहका देखिएका छन् । गौरीगंगा ७ का ४७, २४, २१ र २४ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९, ३३, २८, ३५ वर्षीय पुरुषहरु रहेका छन् त्यस्तै २८, २७, ५, २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै एक जना भने धनगढी उप–महानगरपालिका १२ जुगेडाका २५ वर्षीय पुरुष र एकजना बर्दगोरीया ७ का २७ वर्षीय पुरुष रहेका छन् ।
कञ्चनपुरका संक्रमित शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक हुन् भने डोटीका संक्रमित भने शिखर नगरपालिका ३ का २५ वर्षीय पुरुष हुन् । यस्तै बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ वर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ वर्षीय पुरुष हुन् । योसँगै सुदूरपश्चिम प्रदेशभित्र संक्रमितको संख्या ४३ पुगेको छ भने बाँकी दुई जनाको कर्णाली प्रदेशमा उपचार भइरहेको छ ।
कैलालीका २७, बैतडीका ६, अछामका तीन, बाजुरा र कञ्चनपुरका दुई÷दुई, डोटी, डडेल्धुरा र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै बाजुरा र बझाङका एक÷एक जना संक्रमित भने कर्णाली प्रदेशमा उपचाररत छन् ।
प्रकाशित समय १७:२५ बजे

















