गृहपृष्ठ भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवन शिलान्यास
भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवन शिलान्यास
काठमाडौँको हाडीगाउँमा ऐतिहासिक भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवनको शिलान्यास भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद नारायण सिलवालले शुक्रबार मन्दिर र भवनको शिलान्यास गरेका हुन् ।
काठमाडौँ ५ हाँडीगाउँमा रहेको भीमसेन मन्दिर पौराणिक र ऐतिहासिक सांस्कृतिक सम्पदा हो । संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनर्निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद सिलवालको पहलमा निर्माण हुन लागेको हो ।
परापूर्वकालदेखिको कलात्मक शैलीमा रहेका मठ, मन्दिर, देवल जस्ता सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हाँडीगाउँमा भूकम्पपछि क्षति भएका र वर्षौं पुराना जीर्णोद्धार संरचनाहरूको पुनर्निमार्णको कार्य अगाडि बढिरहेका बेला यो मन्दिरको पनि शिलान्यास भएको हो ।
यस्तै त्रिशक्ति क्लब काठमाडौँ ५ कै सक्रिय क्लब हो । शिलान्यास कार्यक्रममा काठमाडौँ ५ का अध्यक्ष रमेश डंगोल, नेकपा स्थानीय नेता गणेश श्रेष्ठ, वीरेन्द्र प्रजापतिलगायत स्थानीय बासिन्दाको सहभागिता थियो ।
प्रकाशित समय १६:२१ बजे

















