गृहपृष्ठ थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजारनजिक

थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजारनजिक

कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

यीमध्ये २ हजार ७१२ जना पुरुष र १९५ जना महिला छन् । आज गोरखा र कास्कीमा पहिलो पटक संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमित जिल्लाको संख्या ६८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले  जानकारी दिए ।

सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको निधन भएको छ । भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेर घर गएका थिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा २४२

प्रदेश २ मा ९९३

बागमती प्रदेशमा ८५

गण्डकी प्रदेशमा ५७

प्रदेश ५ मा ९६५

कर्णाली प्रदेशमा ४७९

सुदूरपश्चिम प्रदेश ९१

 

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु