गृहपृष्ठ भिआइपी जुवाडेलाई ३० हजार धरौटीमा छाड्न आदेश
भिआइपी जुवाडेलाई ३० हजार धरौटीमा छाड्न आदेश
महानगरीय प्रहरी वृत्त दरबारमार्गको खटिएको प्रहरी टोलीले पक्राउ गरेका आठ जना जुवाडेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौँ प्रशासनले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
पक्राउ परेकामध्ये एक जना अशोक अग्रवाल भने गिनीका लागि अवैतनिक दूत हुन् । उनलाई थप १० हजार रुपैयाँ धरौटी मागिएको छ । कमलादीमा रहेको होटल गगौंरबाट सोमबार साँझ प्रहरीले रामचन्द्र सांघाई, अशोक अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल र निक्की जोगाईलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये जोगाइ होटल सञ्चालक हुन् भने बाँकी प्रतिष्ठित व्यापारिक घरानाका व्यक्ति हुन् । उनीहरुका साथबाट प्रहरीले २ लाख ७७ हजार रुपैयाँ र जुवा खेल्न प्रयोग भएको १७९ वटा सिक्का पनि बरामद गरेको थियो ।
प्रकाशित समय १८:११ बजे

















