गृहपृष्ठ कोरोना भएको आशंकामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा
कोरोना भएको आशंकामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा
युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नु भएको छ । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन् । उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भए पनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।’
उनी कोरोना भाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहेका थिए । उनी मातहत नै यससम्वन्धी समिति रहेको थियो । स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनहरुको फेरि केही दिनमा दोहो¥याएर परीक्षण गरिने जानकारी दिए । ‘मन्त्रीहरु विभिन्न ठाउँमा जाने गरेको, मानिसहरुलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो,’ उनले भने ।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म संक्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय ०७:१४ बजे

















