गृहपृष्ठ आफ्नै पतिको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै पतिको हत्या गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

आफ्नै पतिको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका- ६, भुम्के की ३६ वर्षीया लिला घर्तीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिलाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्लीबहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु