गृहपृष्ठ लेकसाइडका होटलमा क्वारेन्टिन !
लेकसाइडका होटलमा क्वारेन्टिन !
सरकारले विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरेको छ । सोही अनुरुप पोखरा महानगरपालिकाले पनि विदेशबाट फर्किनेलाई राख्न ‘सेल्फ पेड’ होटल क्वारेन्टाइन बनाउने तयारी गरेको छ ।
सरकारले २५ हजार उद्धार गर्नेमध्ये पोखराले ५ हजार जनालाई राख्नुपर्ने महानगरको अनुमान छ । युरोप, अष्ट्रेलिया, अमेरिका, जापान, चीन, खाडी मुलुक, सार्क राष्ट्र र नेपालकै विभिन्न ठाउँबाट आउनेलाई उक्त क्वारेन्टिनमा राखिने महानगरले जनाएको छ ।
क्वारेन्टिनका लागि महानगरले मापदण्ड राखेर होटल संघलाई क्वारेन्टिन सञ्चालन प्रस्ताव पेस गरेको उपमेयर मन्जुदेवी गुरुङले जानकारी दिइन् ।
उनले भनिन्, ‘क्वारेन्टाइन को व्यवस्थापन गरिरहँदा भारतलगायत संक्रमित ठाउँबाट आएकालाई महानगरले व्यवस्था गरेको छ र फलाइटबाट आउनेलाई होटलमा राख्ने निर्णये भएसँगै होटलहरुलाई सूचना गरिसकेका छौ ।’ महानगरले क्वारेन्टिन बनाउन इच्छुक होटलका लागि विभिन्न ६ बुँदे मापदण्ड तोकेको उनले बताइन् ।
क्वारेन्टिन बनाउने होटलको वरपर बसोबास नभएको, व्यक्ति घर नजोडिएको र क्म्पाउन्ड भएको हुनुपर्ने छ । न्यूनतम १५ बेडको होटलले क्वारेन्टिनमा बस्नेलाई खाना/खाजा र पिउने पानीको राम्रो व्यवस्था गर्नुपर्ने छ । यस बाहेक होटलमा एट्याच बाथरुमसँगै व्यक्तिगत सरसफाइ सामग्रीको राम्रो व्यवस्था हुनुपर्नेछ ।
पछिल्लो समय होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने भनेर महानगरले कुरा गरिरहँदा होटल व्यावसायीसँगले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन् । सामाजिक उत्तरदायित्व पूरा गर्दौ महानगरसँग समन्वय गर्न तयार भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।
उनले भने, ‘मानवीय अवस्था र सरकारलाई परेको असहज परिस्थितिमा पोखरामहनग सग निश्चित मापदण्ड भित्र रहेर काम गर्ने छौ । होटलहरुले पनि सुरक्षात्मक प्रणाली अपनाई क्वारेन्टिनमा बस्ने आफ्ना अतिथिहरुलाई स्तरीय सेवा प्रदान गर्नुपर्ने छ ।’ सरकारी टवरबाट बनेका क्वारेन्टिनमा समस्या आयो बस्ने अवस्था छैन । त्यसैले निजी क्षेत्रबाट हामीले यो सहकार्य गरेको बताए ।
क्वारेन्टिनमा बस्नेहरुले आफैं खर्च गर्नुपर्ने भनिए पनि १४ दिनसम्म बस्दा १ जनाको कति खर्च लाग्छ भनेर एकिन भने हालसम्म भएको छैन । लेकसाइडका अधिकांश होटल सुविधा सम्पन्न भएकाले व्यक्तिको इच्छा अनुरुप खर्छ लाग्ने तुलाचनको भनाइ छ ।
प्रकाशित समय १३:२५ बजे

















