गृहपृष्ठ कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

फाइल तस्बिर ।

भरतपुर महानगरपालिका- ११, भोजाडका २० वर्षीय सुजन सुनार १ थान कटुवा पेस्तोल र १२ थान गोलीको खोकासहित पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले खानतलासी गर्दा लुकाई-छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला परेको हो ।

पक्राउ परेका सुनारमाथि  थप अनुसन्धान र कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु