गृहपृष्ठ ४ वटा पीसीआर मेसिन थप्ने प्रदेश २ सरकारको निर्णय

४ वटा पीसीआर मेसिन थप्ने प्रदेश २ सरकारको निर्णय

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले थप चारवटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । सोमबार बसेको निर्देशक समितिको बैठकले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

निर्णयअनुसार जनकपुर, वीरगंज र राजविराजको प्रयोगशालामा तथा रौतटहको गौर अस्पतालमा पीसीआर मेसिन राख्न लागिएको हो । जनकपुर, वीरगंज र राजविराजको प्रयोगशालामा भने अहिले पनि पीसीआर परीक्षण भइरहको छ । समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भीटीएम तथा अन्य स्वास्थ्य सामग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ एरिया बनाई व्यवस्थापन गर्ने र काठमाडौंदेखि तोकिएको क्वारेन्टिनसम्म आउँदाको खाना, खाजा लगायतको यातायात खर्च प्रदेश सरकारले व्यहोर्ने निर्देशक समितिले निर्णय गरेको छ ।

सरकारले स्वदेश आउन चाहने प्रदेशका नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ-संस्थासँग सहकार्य गरी आवश्यक रणनीति तय गरिनेसमेत समितिले निर्णय गरेको छ ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु