गृहपृष्ठ भारतको असममा आगो फैलिएको क्षेत्रलाई सैनिकले घेरा हाल्यो
भारतको असममा आगो फैलिएको क्षेत्रलाई सैनिकले घेरा हाल्यो
भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडकाे खानी रहेको छ ।
आगलागी अन्यत्र फैलिनबाट राेक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएकाे हाे । तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी बुधबार मात्र दुई जना स्थानीयको ज्यान गएको थियो ।
उक्त क्षेत्रका कम्तीमा पनि सात हजार नागरिकलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । तर स्थानीयमा त्रास फैलिएको बताइएको छ । असम सरकारका मन्त्री चन्द्रमोहन पटवरीले उक्त बागजन क्षेत्रको भ्रमण गरेका थिए । बुधबार उनले सो क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग उपलब्ध गराउने स्थानीयलाई आश्वासन दिएका थिए ।

त्यसैगरी उनले भारतीय आयल इन्डियाका अधिकारीहरुसँग भेटगरी सो क्षेत्रमा आगो निभाउनका लागि सैनिक परिचालन गरिएको बताएका थिए । उनले सो आगलागीबाट प्रभाावित भएका नागरिकलाई क्षतिपूर्ति पनि उपलब्ध गराउने जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रकाशित समय १८:१२ बजे

















