गृहपृष्ठ पर्वतमा पहिरोमा परी ३ जनाको मृत्यु, ६ जना बेपत्ता
पर्वतमा पहिरोमा परी ३ जनाको मृत्यु, ६ जना बेपत्ता
सांकेतिक तस्बिर
पर्वतको कुश्मा नगरपालिका ३ मा गएराति पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोको कारण ६ जना वेपत्ता भएका छन् ।
पहिरोले दुर्लुङ ३ काउलेका तुलबहादुर थापा र कमला बिकको दुई वटा घर बगाएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने पहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य भइरहेको छ ।
शनिबार बेलुका परेको पानीले पहिरो गएको थियो । दुई घर बगाएपछि अन्य तीन घर पनि जोखिको दायरामा परेका छन् ।
प्रकाशित समय ०७:४१ बजे

















