गृहपृष्ठ जिप दुर्घटना : प्रतापपुर गाउँपालिका अध्यक्षको घटनास्थलमै मृत्यु
जिप दुर्घटना : प्रतापपुर गाउँपालिका अध्यक्षको घटनास्थलमै मृत्यु
पश्चिम नवरपरासीमा जिप दुर्घटना हुँदा जिल्लाको प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको घटनास्थलमै ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद व्यवस्थापन बैठक सकेर फर्कने क्रममा उनी चढेको जिप दुर्घटना भइ घटनास्थलमै मृत्यु भएको प्रतापपुर गाउँपालिका उपाध्यक्ष अञ्जु चौधरीले बताइन् ।
न्युज कारोबारसँग उनले भनिन्, ‘म त क्वारेन्टिनमा बसेकी छु । उहाँको दुःखद् खबर सुनेँ । अहिले पोस्टमार्टमका लागि सदरमुकाममा लैजाँदै गरेको भन्ने खबर आएको छ ।’
प्रकाशित समय १३:३२ बजे

















