गृहपृष्ठ एक वर्षमा प्राकृतिक प्रकोपमा परी ९७६ को मृत्यु, रु. ९ अर्बको क्षति
एक वर्षमा प्राकृतिक प्रकोपमा परी ९७६ को मृत्यु, रु. ९ अर्बको क्षति
गत वर्ष २०७६ मा विभिन्न किमिसका प्राकृतिक प्रकोपमा परी ९७६ जनाको मृत्यु भएका र ९ अर्ब ८ करोड रुपैयाँबराबरको क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष सर्वाधिक मृत्यु चट्याङ, पहिरो र बाढीका कारणले भएको जनाएको छ ।
केन्द्रको विवरणअनुसार गत वर्ष चट्याङका कारण ८८ जनाको, पहिरोका कारण ८३ जनाको र बाढीका कारण ७३ जनाको मृत्यु भएको छ । यसैगरि आगलागीबाट ४९ जनाको, जनावरको आक्रमणबाट ४० जनाको, सर्पदंशबाट २९ जनाको र लेक लागेर २१ मृत्यु भएको छ ।
प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी मृत्यु हुने जिल्लाहरूमध्ये दाङमा ३८, बारामा ३७, सोलुखुम्बुमा ३२, मोरङमा २८, मकवानपुरमा २६, रोल्पामा २६, झापामा २३, बागलुङमा २२, धनुषामा २२ सप्तरीमा २१, सिरहामा २० जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय १३:५७ बजे

















