गृहपृष्ठ विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने नेकपाको निष्कर्ष
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने नेकपाको निष्कर्ष
फाइल तस्बिर ।
नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई अंगीकृत नागरितकता दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने निर्णय गरेको हो ।
कुनै पनि विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर सात वर्ष यहाँ बसेको हुनुपर्ने र त्यस बीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछिमात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने बैठकले निष्कर्ष निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमति जुटाउन ५ दिनको समय दिएको छ । नेकपाले शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेको थियो भने बिहीबार कांग्रेससँग छलफल गरेको थियो ।
प्रकाशित समय १२:१८ बजे

















