गृहपृष्ठ पहिरो खसेर अरूण नदी थुनियो, १ परिवार विस्थापित

पहिरो खसेर अरूण नदी थुनियो, १ परिवार विस्थापित

Arun-Nadi-River-newskarobar अरूण नदी । (फाइल तस्बिर)

संखुवासभाको मकालु गाउँपालिका- २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

डीएसपी नवराज मल्लका अनुसार करिब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ । स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको डीएसपी मल्लले बताए ।

‘घटनाको विस्तृत जानकारी आइसकेको छैन । अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदीछेउ नजान र सतर्क भएर बस्न आग्रह गरेका छौं,’ उनले भने ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु