गृहपृष्ठ विश्वमा कोरोना संक्रमितको संख्या ९० लाखनजिक

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाखनजिक

विश्वभर नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमितको संख्या ९० लाखनजिक पुगेको छ । आइतबार दिउँसोसम्ममा विश्वभर कोभिड १९ संक्रमितको संख्या ८९ लाख ३६ हजार नाघेको हो ।

सबैभन्दा धेरै अमेरिकामा मात्रै २३ लाख ३० हजार, ब्राजिलमा १० लाख ७० हजार, रुसमा पाँच लाख ८४ हजार र भारतमा चार लाख १२ हजार छन् ।

त्यस्तै विश्वभर मृत्यु हुनेको संख्या चार लाख ६७ हजार नाघेको छ । अमेरिकामा मात्रै करिब एक लाख २२ हजारले ज्यान गुमाएका छन् । ब्राजिलमा ५० हजार, बेलायतमा ४२ हजार, इटलीमा ३४ हजार र फ्रान्समा २९ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु