गृहपृष्ठ विश्वभर ५५ हजार कोरोना संक्रमितको अवस्था चिन्ताजनक

विश्वभर ५५ हजार कोरोना संक्रमितको अवस्था चिन्ताजनक

एकै दिन थपिए एक लाख ३६ हजार संक्रमित, संख्या ९० लाख ४४ हजार नाघ्यो

विश्वभर करिब ५५ हजार कोरोना संक्रमितको अवस्था गम्भीर देखिएको छ । संक्रमित बढेसँगै गम्भीर अवस्था हुने बिरामीको संख्या पनि बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

गएको २४ घण्टामा मात्रै एक लाख ३६ हजार नयाँ संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको हो । यो समाचार तयार पार्दासम्म विश्वभर ९० लाख ४४ हजार ५८१ जनामा संक्रमण देखिएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या चार लाख ७० हजारको ज्यान गएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार ४८ लाख ३७ हजारको उपचार भइसकेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ । त्यस्तै ५४ हजार ७३४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार ६५७ पुगेको छ भने एक लाख २२ हजार २४७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ९ लाख ८० हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने १२ लाख ५४ हजारको उपचार भइरहेको छ५४ हजार ७३४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार ६५७ पुगेको छ भने एक लाख २२ हजार २४७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ९ लाख ८० हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने १२ लाख ५४ हजारको उपचार भइरहेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १० लाख ८६ हजार नाघेको छ भने ५० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै पाँच लाख ७९ हजार संक्रमित डिस्चार्ज भइसकेका छन् भने चार लाख ५७ हजारको उपचार भइरहेको छ । ब्राजिलमा उपचार भइरहेकामध्ये आठ हजार संक्रमितको अवस्था गम्भीर देखिएको जनाइएको छ ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु