गृहपृष्ठ देशका अधिकांश क्षेत्रको मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

देशका अधिकांश क्षेत्रको मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मनसुनी वायु र मनसुनी न्यून चापीय रेखा नेपालनजिक रहेकाले बदली भएको हो ।

हाल देशका अधिकांश भू-भागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

बिहीबार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको छ ।

यस्तै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु