गृहपृष्ठ केटिएम बाइक किन्दा नगद ४० हजार छुट

केटिएम बाइक किन्दा नगद ४० हजार छुट

तीन महिने लकडाउनका कारण व्यवसाय संकटमा परेका सवारी साधन व्यवसायीले नयाँ नयाँ योजना ल्याएर ग्राहक आकर्षित गर्न थालेका छन् । अस्ट्रियन मोटरसाइकल कम्पनी केटिएमका लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले नयाँ स्किम ल्याएर ग्राहक आकर्षित गर्न खोजेको हो ।

कम्पनीले केटिएम २५० मोटरसाइकल खरिद गर्दा नगद ४० हजार रुपैयाँ छुटको योजना सार्वजनिक गरेको छ । योजनाअनुसार केटिएमको ड्युक २५० मोटरसाइकल खरिद गर्दा ४० हजार रुपैयाँ नगद छुट पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु